राजेश भट्टको नेतृत्वमा वाईसियल बेलौरीको नयाँ नगर समिति गठन

बेलौरी, ०९ बैशाख। — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवाहरूको क्रान्तिकारी संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसियल) YCL बेलौरी नगरको दोस्रो नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा राजेश भट्टको नेतृत्वमा ३७ सदस्यीय नयाँ नगर समिति गठन गरेको हो।

वाईसियल नेपालका कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेश ‘ख’ इन्चार्ज राजु बहादुर कुँवरका अनुसार, नयाँ नगर समिति युवाहरूको प्रतिनिधित्व, संगठन विस्तार र सामाजिक जागरणका लागि प्रतिबद्ध भएर अघि बढ्नेछ। अध्यक्षमा राजेश भट्ट, उपाध्यक्षहरूमा विरेन्द्र चौधरी, अशोक राना, र नारदमुनी राना चयन भएका छन्। सचिवमा प्रकाश चौधरी, सह-सचिवहरूमा गोविन्द भुल, मनिराम चौधरी, गीता चौधरी र कोषाध्यक्षमा मानमती चौधरी रहेका छन्।

कुँवरका अनुसार, समितिमा सबै वडाबाट प्रतिनिधित्व हुने गरी युवाहरूलाई समेटिएको छ। उनले भने, “संगठन केवल नामको होइन, कामको आधारमा बनाइएको छ। यो समिति बेलौरीमा युवाशक्ति र सामाजिक परिवर्तनको उदाहरण बन्नेछ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ