बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित रजनीश भण्डारीको घरबाट बिहीबार राति मोटरसाइकल चोरी भएको छ। घर अगाडिको आँगनमा पार्क गरिएको अवस्थामा सु.प.प्र. ०१–०१२प १३६५ नम्बरको पल्सर २२० मोटरसाइकल अज्ञात समूहले चोरी गरेको भण्डारीको भनाइ छ।
घटना मध्यरातको समयमा भएको अनुमान गरिए पनि चोर समूहको पहिचान हालसम्म खुलेको छैन। चोरीपछि भण्डारी परिवारले सर्वसाधारणलाई सहयोगको अपिल गर्दै मोटरसाइकलको सूचना पाएमा नजिकको प्रहरी कार्यालय वा सिधै रजनीश भण्डारी (फोन: ९८०१८८५९३४) लाई जानकारी गराउन आग्रह गरेका छन्। साथै, स्थानीय बासीलाई पनि शंकास्पद गतिविधिबारे सतर्क रहन र आवश्यक परेमा सुरक्षाकर्मीलाई खबर गर्न अपिल गरिएको छ।
यस घटनापछि इलाका प्रहरी कार्यालय बेलौरीले अनुसन्धान तीव्र बनाएको छ। प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार, उजुरीको आधारमा प्रारम्भिक र सूक्ष्म अनुसन्धान थालिएको छ।
चोरीको घटना संगै बेलौरीमा सुरक्षा चुनौती थपिएको स्थानीयले बताएका छन्। घटनाले सर्वसाधारणमा चिन्ता बढाएको छ।





