बेलौरीमा वेवारिसे साइकलसहित ४ हजार कुखुराका चल्ला बरामद

बैशाख २०, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित कटान क्षेत्रबाट इलाका प्रहरी कार्यालय बेलौरीले ६ वटा वेवारिसे साइकलसहित करिब ४ हजार कुखुराका चल्ला बरामद गरेको छ। प्रहरीका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ल्याइएका ती चल्लाहरू शनिबार बिहान बरामद गरिएको हो।

अनुमानित चार लाख रुपैयाँ मूल्य बराबरका ती चल्ला साइकलमा राखेर तस्करी गरिँदै गरिएको आशंकामा प्रहरीले निगरानी बढाएको थियो।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पशु क्वारेन्टाइन कार्यालय बेलौरी, स्थानीय जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा बरामद गरिएका चल्लाहरू नष्ट गरिएको हो।

बरामद साइकल भन्सार कार्यालयमा चलान गरिने तयारी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ