बेलौरीमा संस्थापक अध्यक्ष सुन्दर चौधरीलाई नगर भलमन्सा बखेरी २०८२ मा सम्मान

बेलौरी, कञ्चनपुर, बैशाख २३।  कञ्चनपुरको बेलौरी नगरपालिकामा सम्पन्न ‘नगर भलमन्सा बखेरी २०८२’ को अवसरमा नगर भलमन्सा समितिका संस्थापक अध्यक्ष सुन्दर चौधरीलाई विशेष सम्मान गरिएको छ।

थारु समुदायको मौलिक सामाजिक संरचना ‘भलमन्सा प्रणाली’लाई नगरस्तरीय रूपमा संस्थागत गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कदरस्वरूप चौधरीलाई सो कार्यक्रममा सम्मान गरिएको हो।

नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा थारु छात्रावास, बेलौरीमा आयोजित अधिवेशनको विशेष सत्रमार्फत चौधरीलाई प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो।

सम्मान ग्रहण गर्दै सुन्दर चौधरीले भन्नुभयो, “भलमन्सा प्रणाली हाम्रो पहिचान, न्याय र मेलमिलापको परम्परा हो। यसको संरक्षण र विकासमा योगदान दिन पाएकोमा गर्व महसुस गर्दछु।”

उहाँ नेकपा (माओवादी केन्द्र) बेलौरी नगर समिति सचिव समेत हुनुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ