प्रदेश सभा सदस्य बिष्टको पहलमा बेलौरीको महाकाली मावि प्रदेश नमुना विद्यालयमा छनोट

केशब भट्ट,वैशाख २६, कंचनपुर। कंचनपुरको बेलौरी स्थित महाकाली माध्यमिक विद्यालय, बेलौरी नगरपालिका–६, प्रदेश सरकारले सञ्चालन गरेको ‘प्रदेश सभा निर्वाचन क्षेत्रगत नमुना विद्यालय’ कार्यक्रममा छनोट भएको छ।

शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयहरूमा शैक्षिक सुधारका लागि आवश्यक पूर्वाधार विकास, स्रोत सामग्री तथा अन्य कार्यक्रमहरू सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बताएका छन।

महाकाली मावि छनोटमा पर्न सफल भएसँगै विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास गरिएको छ। प्रदेश सभा सदस्य बिष्टको सहयोग र पहलले विद्यालयले यो उपलब्धि हासिल गर्न सफल भएको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ