बैशाख २८, कञ्चनपुर । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यमा रिजन मडै निर्वाचित भएका छन्। बैशाख २७ गते सम्पन्न फेकनको निर्वाचनमा १०७ मत ल्याउँदै उनी कार्यकारी सदस्यमा निर्वाचित भएका हुन्। स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरूको हकहितका लागि आवाज उठाउने र व्यवसायिक क्षमता बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
‘सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु,’ उनले भने, ‘नीति निर्माण तहमा रहेका समस्या समाधान गर्नेछौं।’ नेपालबाट मात्रै नभई विदेशबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने वातावरण सिर्जना गर्न संघमार्फत काम गर्ने उनको भनाइ छ।
बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी ठेगाना भई हाल कञ्चनपुरको भीमदत्तनगरमा बसोबास गर्दै आएका मडै काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत हुन्। मडै कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत हुन्। उनले लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका छन्।





