बेलौरी, कञ्चनपुर, ०७ जेठ। महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले आज भव्य रूपमा ३१ औँ वार्षिकोत्सव मनाएको छ। बैंकका ग्राहक, स्थानीय व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका अगुवाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कर्मचारीहरू नेपाली पोशाकमा सजिएका थिए, जसले समारोहलाई थप आकर्षक बनाएको थियो।

शाखा प्रमुख डम्बर नाथ ओझाले हाल बेलौरी शाखाबाट ४० हजारदेखि ४२ हजार ग्राहकलाई सेवा दिइरहेको जानकारी दिए। उनले भने, “ग्राहक सेवालाई प्राथमिकतामा राख्दै हामीले ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको आकर्षक ब्याजदरमा ऋण प्रवाह गरिरहेका छौँ। सुविधाजनक सेवा र आधुनिक प्रविधि मार्फत बेलौरीका ग्राहकलाई सहज बैंकिङ अनुभव दिन हामी प्रतिबद्ध छौं।”

कार्यक्रममा ग्राहक नारायण काफ्ले ले आफू महालक्ष्मी विकास बैंकको सेवा प्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिए। बैंकका अनुसार, अहिले शाखामा ग्राहक संख्यासँगै निक्षेप र ऋण प्रवाह पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।वार्षिकोत्सवको अवसरमा सहभागी सबैलाई बैंक परिवारले आभार व्यक्त गरेको छ।











