विकास पत्रकारिता अभिमुखिकरण कार्यक्रम सम्पन्न, सुदूरपश्चिमका ५० भन्दा बढी पत्रकार सहभागी

केशब भट्ट, धनगढी

सुदूरपश्चिम प्रदेशमा विकास पत्रकारिताको प्रभावकारिता बढाउने उद्देश्यसहित आयोजित दुईदिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम जेठ १२ र १३ गते धनगढीमा सम्पन्न भएको हो।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाबाट ५० भन्दा बढी पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विकास पत्रकारितासम्बन्धी ज्ञान, सीप र व्यवहारिक अनुभव आदानप्रदान गरियो।

कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत बहादुर शाहले गरेका थिए भने प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका थिए।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए भने पत्रकार दिल बहादुर छत्याल र मनमोहन स्वार प्रशिक्षकका रुपमा आवद्ध थिए।

कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले गरेको हो भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाको आतिथ्य रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ