बेलौरी, जेठ १४। कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पर्यटकीय स्थल शोभातालमा हिजो राति अज्ञात समूहले तोडफोड गरेको छ। शोभाताल संरक्षण समितिका अध्यक्ष चंगल चौधरीका अनुसार, तोडफोडमा मुख्य फलामे गेट ढलाइएको, शौचालयको झ्यालको सिसा फुटाइएको, ह्यान्डपम्प उखालिएको र त्यहाँ रहेको ध्वजापताका च्यातेर फालिएको छ।

यस किसिमको तोडफोडले स्थानीय पर्यटन प्रवर्द्धनमा प्रतिकूल असर पर्ने देखिएको स्थानियले बताएका छन।


शोभाताल कञ्चनपुर जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू डुङ्गा सयर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभवका लागि आउने गर्छन्। यस्तो घटनाले स्थानीय पर्यटन व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने स्थानियहरुको भनाई छ।





