सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित 

केशव भट्ट, जेठ १९, धनगढी — सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका कर्मचारी व्यवस्थापन, सञ्चालन र सेवा शर्तसम्बन्धी व्यवस्था गर्न तयार गरिएको स्थानीय सेवा गठन विधेयक प्रदेश सभाबाट पारित भएको छ। सोमबार बसेको प्रदेश सभा बैठकले विधेयक पारित गरी ऐनमा रूपान्तरण गरेसँगै, प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन तथा सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रदेश सरकारका अनुसार, यो ऐनले कर्मचारीको पदस्थापन, सरुवा, बढुवा, सेवा अनुशासन र अवकाश प्रणाली जस्ता विषयहरूलाई स्पष्ट र व्यवस्थित रूपमा परिभाषित गरेको छ। प्रदेश सभाको विधायन समितिका सभापति दिवान सिंह बिष्टका अनुसार, ऐन तयार पार्ने क्रममा समितिले गहन अध्ययन र बहससँगै सबै सरोकारवालाको सुझाव समेट्ने प्रयास गरेको थियो। उनले ऐनलाई यथासम्भव व्यावहारिक, समावेशी र समयानुकूल बनाउनेतर्फ समितिले योगदान पुर्‍याएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ