महिला लघुवित्त वित्तीय संस्थाद्वारा बेलडाँडीमा वित्तीय साक्षरता तालिम सम्पन्न

बेलडाँडी, कञ्चनपुर, जेठ २३ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सामाजिक उत्तरदायित्व अन्तर्गत बेलडाँडी गाउँपालिकास्थित बैवाहाको सरस्वती माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ। तालिममा गाउँपालिकाभित्रका सदस्य महिलाहरुलाई बचत, कर्जा, र वित्तीय व्यवस्थापनका आधारभूत सीपहरू प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व बेलौरी शाखा प्रमुख सागर मल्लले गर्नुभएको थियो भने सञ्चालन हर्षराज चौधरीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नारद न्यौपानेको उपस्थिति थियो। कार्यक्रममा सरस्वती माविका प्रअ दीपेन्द्र बहादुर बुढा, प्रदेश सहायक प्रमुख बमबहादुर रावल, धनगढी शाखाका जीवन कुमार चौधरी लगायतको सहभागिता रहेको थियो।

स्वागत मन्तव्य बमबहादुर रावलले राख्नुभएको उक्त कार्यक्रममा सहभागी महिलाहरूलाई विभिन्न बचत तथा कर्जा सम्बन्धी जानकारी प्रोजेक्टर विधिबाट दृश्यात्मक तरिकाले दिईएको थियो। साथै मनोरञ्जनात्मक अभ्यासमार्फत आर्थिक शिक्षालाई थप सहज र व्यवहारिक बनाइएको थियो।स्थानीय विद्यालयमा आयोजित यो तालिमले ग्रामीण महिलाहरूमा वित्तीय साक्षरता बढाउनुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक योगदान गर्ने विश्वास गरिएको छ।

यसैगरी, महिला लघुवित्त वित्तीय संस्थाले आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने जानकारी बेलौरी शाखा प्रमुख सागर मल्ले जानकरी गराउनु भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ