पर्यटनको आकर्षण बन्दै प्याराताल: गोहीको मुर्ति अनावरणसँगै संरक्षण र विकासको गति

केशव भट्टराई, जेठ २४, पुनर्वास, कञ्चनपुर।  जैविक विविधता र ऐतिहासिक महत्वले भरिएको पुनर्वास– ९ मा अवस्थित प्यारातालमा अहिले तीव्र रुपमा बिभिन्न संरचनाहरु बन्दै गएको देख्न सकिछ । नागरिक स्तरबाट सुरु गरिएको अभियानमा यतिबेला स्थानीय सरकारको संलग्नता र सरोकारवालाहरूको सहयोगले प्याराताल पुनर्वासको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा बिकास हुँदै गएको छ ।

प्याराताल परिसरमा शनिबार पुनर्वास उद्योग वाणिज्य संघको सहयोगमा निर्माण गरिएको गोहीको मूर्ति अनावरण गरिएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले गोहीको मूर्ति अनावरण गर्दै तालको दीर्घकालीन संरक्षण र विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले ताल परिसरमा यतीबेला संघिय सरकारको ९० लाख र पुनर्वास नगरपालिकाको २० लाख गरी १ करोड १० लाख बजेट परेका बाउनुभयो । उहाँले बजेट मार्फत ताल परिसरमा बहुउद्देश्यि सेमिनार हल बन्नुका साथै, ८५ मिटर तटबन्ध तथा माटो भरान काम भेरहेको बताउनुभयो । प्यारातालको बिकासका लागी अहिले धमाधम काम भैरहेको बताउदै उहाँले डिपिआर नै तयार पारेर आगामी दिनमा थप योजनाहरू अघि बढाउने बताउनुभयो ।

यस्तै गोहीको मूर्ति अनावरण कार्यक्रममा बोल्दै प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष तथा पत्रकार दिपेन्द्र बस्नेतले गोहीको मूर्ति तालको जैविक पहिचान झल्काउने गरी स्थापना गरिएको बतउनुभयो । ताल परिसरमा यसअघि माछा, कछुवा, ओद, मृग र कमलको फूलको मूर्ति स्थापना भइसकेको उहाँले बताउनुभयो । यस्तै सेल्फी स्पट, झुला जस्ता संरचना बनाइसकेको र वाटर फाउन्टेनको काम अनितम चरणमा रहेको बताउनुभयो । नागरिकहरुको अग्रसरताले ताललाई पर्यटन गन्तव्य बनाउने आधार तयार गरेको बताउदै उहाँले आजसम्म सहयोग गर्नेे ब्यक्ति तथा संघसंस्था, समितिका पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै गोहीको मूर्ति अनावरण कार्यक्रममा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले प्याराताल जैविक सम्पदाले भरिएको क्षेत्र भएको बताउनुभयो । प्याराताल लाई पर्यटकीय गन्तब्य बनाउन उद्योग वाणिज्य संघको तर्फबाट दुई लाख छत्तीस हजार रुपैयाँको लागतमा गोहीको मूर्ति बनाएको बताउनुभयो । उहाँले सो मूर्ति बनाउन सहयोग गर्ने संघका सम्पुर्ण सदस्य र ब्यापारीहरुलाई कृतज्ञता ब्यक्त गर्नुभयो । करिब २ लाख ३६ हजार रुपैयाँको लागतमा गोहीको मूर्ति बनाइएको उहाँले बताउनुभयो । उहाँले नागरिक र स्थानीय सरकारको सहकार्यमा प्यारातालले अब राष्ट्रिय पहिचान पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याराताल परिसरमा निर्माण गरीएका संरचनाको संरक्षणमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा उपप्रमुख भुलिया कुमारी राना, निवर्तमान नगर प्रमुख जीवनराज थापा निवर्तमान उपप्रमुख शारदा बिष्ट लगायको उपस्थिती रहेको थियो । यस्तै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल, बिभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र उद्योग बाणीज्य संघका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ