केशब भट्ट, २७ जेठ,बेलौरी। कंचनपुर जिल्लाको बेलौरी नगरपालिकाको आयोजनामा सात दिने ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु गरिएको छ।

मंगलबार बेलौरी नगरपालिकाको सभाहलमा सुरु भएको उक्त तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरको समन्वय र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटि,Practical Action तथा PESWAN को सहकार्यमा सञ्चालन भइरहेको बेलौरी नगरपालिका विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले बताए।

समुदायस्तरमा विपद् व्यवस्थापन क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा स्थानीय स्वयंसेवकहरूको सहभागिता रहेको छ। तालिममा विपद् पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट बताए।

कार्यक्रमको उद्घाटन बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले गरेका हुन। तालिम २०८२ साल असार २ गतेसम्म सञ्चालन हुने छ। कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधिहरू र विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।





