१५ दिन बित्दा पनि आएनन् ठेकेदार

मीरा श्रेष्ठ

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी बजारमा झन्डै महिना दिनदेखि  सडकका बत्तीहरू दिउँसै बाली विद्युत चुहावट भइरहेको समस्या अझै लम्बिने देखिएको छ।

१५ दिनअघि कञ्चन आवाजले सडकको बत्ती चुहावट भएको सम्बन्धमा कभरेज गरेको थियो। सो समयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले ठेकेदार एक हप्ता राजधानी गएको हुँदा उनी फर्केपछि एक समयमा बत्ती बाल्ने र निभाउने सिस्टम तयार गरिने बताएका थिए।

तर उक्त समाचार तयार भएको १५ दिन बित्दासम्म पनि सडकका बत्तीहरू साँझ पर्नुअघि नै बल्दा विद्युत चुहावट भईरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ