खैरो हिरोइनसहित दुई नाबालक बेलौरीमा पक्राउ

जेठ २९, बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा खैरो हिरोइनसहित दुई जना नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको सुख्खड निवासी १६ र १७ वर्षका बालक रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार, हिजो साँझ करिब ५ बजे चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। शंकास्पद रूपमा हिँडिरहेको देखेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट करिब ६ ग्राम ५ मिलिग्राम खैरो हिरोइन बरामद भएको जनाइएको छ।

पक्राउ परेका नाबालकहरूको साथबाट ४ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ