केशब भट्ट, ०४ असार, कंचनपुर।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित गोखरनाथ माध्यमिक बिद्यालयम्मा सिकलसेल एनेमिया रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बुधबार रोगको पहिचान, प्रभाव, रोकथाम र उपचारसम्बन्धी जानकारी प्रवाह गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा र बेलौरी नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सिकलसेल एनेमिया रोगबारे सहभागीहरूलाई दृश्य सामग्री (प्रोजेक्सन) र सचित्र पर्चाहरूको माध्यमबाट जानकारी दिइएको थियो। कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य, सुदूरपश्चिम प्रदेश बिधायन तथा मामिला समिती सभापति दिवान सिंह बिष्टले प्रायः थारु समुदायमा रहेको उक्त रोगबारे गाउँस्तरमा सचेतना कार्यक्रम तथा रोगको परिक्षणका लागी आवश्यक बजेट विनियोजन गरेको बताए।

यो रोगथारु समुदायको १८ प्रतिशतमा रहेको बताइएको छ। कार्यक्रममा सभापति बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किसान सिंह राना रहेका थिए। बिशिस्ट अतिथिमा नेपाली काङ्ग्रेस कंचनपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्याय रहेका थिए। कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने माग पनि गरेका छन्। यस रोगको चेकजाँच असार ७ गते गरिने जनाइएको छ।





