केशब भट्ट,६ असार,कञ्चनपुर। कञ्चनपुरमा ठूलो परिमाणको खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटल नजिकबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले शुक्रबार साँझ विशेष सूचनाका आधारमा २ सय ७३ ग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ बस्ने ४२ वर्षीय नरसिंह महरा र कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी रहेका छन्। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाहीका अनुसार, लागूऔषध ओसारपसारमा संलग्न रहेको बिशेष सुचनाको अधारमा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक शाहीले बताए।





