
कञ्चन आवाज संवाददाता,
कञ्चनपुर,
नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्लाभरका स्थानीय तहहरूका लागि संयोजक तोकेको छ । पत्रकारिताको स्थानीय सशक्तीकरण, समन्वय र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्य सहित महासंघले पालिका संयोजक तोकेको बताइएको छ।

जसअनुसार बेलौरी नगरपालिकाका लागि माधव पौडेल, पुनर्वास नगरपालिकाका लागि धनबहादुर वि.क, लालझाडी गाउँपालिका अन्तर्गत भवानी भट्ट, बेलडाडी गाउँपालिकालाई धनबहादुर महता, दोधाराचाँदनी नगरपालिकाका लागि सुरेश भट्ट, भीमदत्त नगरपालिकामा भने केशव भट्ट, वेदकोट नगरपालिकाका लागि सुजित रमेश सिनाल र शुक्लाफाँटा नगरपालिकाका लागि दिनेश राज ओझा लाई संयोजकको जिम्मेवारी दिइएको हो ।

कृष्णपुर नगरपालिकाका लागि भने संयोजक तोक्ने प्रक्रियामा रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया




