कञ्चन आवाज संवाददाता,
सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत् सुन तथा सुनका गहनामा बिक्रीका बखत लगाइएको २% विलासिता कर, बहुमूल्य पत्थर वा हिरामा लगाइएको १३% भ्याट खारेज, सुनको कोटा प्रणाली खारेज गर्दै करचुक्ता प्रमाणपत्रको आधारमा २५/५० र १०० ग्रामका सुनका टुक्राहरू प्रत्येक जिल्लाबाट सहज तरिकामा पाउनपर्ने तथा कालीगढ कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी सहित सुन चाँदी क्षेत्रको प्रष्ट नीति र निर्देशिकाको माग गर्दै गत असार ३ गतेदेखि सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले विरोध कार्यक्रम गर्दै आएकोमा असार १३ गते केन्द्रीय स्तरमा काठमाडौँको न्युरोड तथा आबद्ध जिल्ला संघहरूको जिल्ला स्तरमा केन्द्रित रहने गरी शान्तिपूर्ण विरोध र्याली रहने नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको वक्तव्य मार्फत सूचित गरिएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वयको संयुक्त रूपमा हुने सो शान्तिपूर्ण विरोध र्यालीको दिनमा व्यवसाय बन्द रहने समेत सूचित गरिएको छ।





