एसईई नतिजा सार्वजनिक नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिनुपर्ने

मीरा श्रेष्ठ,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएसँगै नतिजा चित्त नबुझेको खण्डमा असार २३ गतेभित्र भित्र पुनर्योगका लागि आवेदन दिनपर्ने बताएको छ । परिक्षार्थीले प्रकाशित नतिजा चित्त नबुझे पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परिक्षण गराउन सक्ने व्यवस्था रहेको बोर्डले जानकारी दिएको छ ।

जसका लागि परिक्षार्थीले आफूले चाहेको विषयका लागि राष्ट्र्यि परिक्षा बोर्डको वेबसाईटमा गएर आफुले पुनर्योग गर्न चाहेको विषयका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो असार २३ गते बेलुकि ५ बजेसम्म रहने बोर्डले जनाएको छ । तत्पश्चात् नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेबसाइटबाट हेर्न सकिने कुरा समेत व्यहोरा समेत बोर्डले प्रकाश गरेको छ। सँगै, नतिजा प्रकाशनको क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको समेत बोर्डले जनाएको छ ।

आज प्रकाशित एसईई २०८० को नतिजा अनुसार कुल परिक्षार्थीमध्ये ६१.८१ प्रतिशत उतीर्ण भएको बोर्डले जनाएको छ । यद्यपि बाँकी ननग्रेड भएका परिक्षार्थीहरुमध्ये सबैभन्दा बढि गणित विषयमा १ लाख २८ हजार २ सय १५ विद्यार्थीहरुको ननग्रेड अर्थात् एनजि आएको बताईएको छ । सोहि क्रममा अंग्रेजी विषयमा ८० हजार ६७२ जना, विज्ञान प्रविधिमा ७९ हजार २७१ जना, नेपाली थ्योरीमा ५४ हजार ७३५ जना, सामाजिक अध्ययनमा ५३ हजार १८६ जना, अर्थशास्त्रमा ४२ हजार १५० जना र ऐच्छिक गणितमा १८ हजार २२२ जना विद्यार्थीको ननग्रेड आएको बताईएको छ ।

ननग्रेड भएका परिक्षार्थीहरुलाई बोर्डको अनुसार साउन २१ गतेदेखि मौका परिक्षा दिन पाउने व्यवस्था गरिनेछ । बोर्डका अनुसार १२६ जना परीक्षार्थीको भने परीक्षा भने रद्द भएको छ । त्यस्तै, अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १ लाख ६७ हजार ५९७ रहेको छ ।
छ ।

यसका बाबजुद गत सालको भन्दा यसपालिको एसईई नतिजा सुधार भएको बोर्डको ठहर छ । गत वर्ष ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले १३.९५ प्रतिशत बढेर ६१.८१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ