कञ्चन आवाज संवाददाता,
अन्तर्राष्ट्रिय महिला संसदले युएईमा आयोजना गरेको विशेष समारोहमा सांसद भगवती चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको छ।

महिला अधिकारका मुद्दाहरूलाई सदन र महिला समुदाय माझ लगि लाखौँ महिलाहरूलाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको हो ।
संसद चौधरी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत हुन्। प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा तथा अन्र्तराष्ट्रिय महिला संसद्की अध्यक्ष मनिता घिमिरेले आइकोनिक वुमन अवार्डबाट सांसद चौधरीलाई सम्मान गरेकि हुन् ।

अन्तर्राष्ट्रिय महिला संसद एक यस्प्रत़ तिष्ठित विश्वव्यापी मञ्च हो, जसले ५० भन्दा बढी देशका विशिष्ट नेताहरू, नीतिनिर्माताहरू, उद्यमी तथा दूरगामी सोच एवम् लक्ष्य भएका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै संवाद प्रवर्द्धन, महिलाहरूको सशक्तीकरण र समावेशी तथा प्रगतिशील भविष्यको मार्ग प्रशस्त गर्न सक्रिय रहेको छ ।





