नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपनि सरकारको संरचना परिवर्तन नहुने : सुचना मन्त्रि पृथ्वी सुब्बा गुरुङ

मीरा श्रेष्ठ,

नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशलाई दिएको समर्थन हिजो फिर्ता लिएको छ। पार्टिले संघ सरकार बाट समेत बाहिरिने तयारी गरेको बताइएको छ।

सुदुरपश्चिमका मुख्यमत्री कमल बहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहिबार वर्खास्त गरेपछि असन्तुष्ट भएको नागरिक उन्मुक्ती पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  पार्अटीका अध्यक्ष रन्जिता श्रेष्ठले बताईन् । आफुहरुलाई कुनैपनि जानकारी नगराई चौधरीलाई वर्खास्त गरेको भन्दै उनले अब सरकारको पक्षमा नबस्ने बताईन्। पार्टिका तर्फबाट संघ सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्रीको रुपमा अरुणकुमार चौधरी नियुक्त रहेको अवस्थामा अब उनलाई पनि सरकारबाट फिर्ता बोलाउने अध्यक्ष श्रेष्ठको भनाई छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्री वा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। यद्यपि नागरिक उन्मुक्ति पार्टिको समर्थन नरहेको अवस्थामा पनि सरकारको संरचनामा कतिपनि असर भने नपर्ने स्थिति छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिए पनि प्रतिनिधि सभामा सरकारको पक्षमा कांग्रेसको ८८ र एमालेको ७९, जनता समाजवादी पार्टीको ७ र लोकतान्त्रिक समाजवादी पार्टीको ४ गरि १७८ मत सरकारको पक्षमा रहनेछ।

त्यस्तै सरकारका प्रवक्ता एवं सुचना मन्त्री पृथ्वी सुब्बा गुरुङले नागरिक उन्मुक्ती पार्टीबाट त्यस्तो कुनै जानकारी नआएको र यदि समर्थन फिर्ता भइहाल्यो भनेपनि सरकारको संरचनामा असर नपर्ने जानकारी दिएका छन्।

यता रामेश्वर चौधरीको हकमा भने उनले बजेट निर्माणका वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनैपनि जानकारी नगराएको जस्ता काम गरेका कारण राजीनामा मागिएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ