सेयर सदस्यको निधनमा किसान बहुउद्धेश्यीय सहकारी बेलौरी शाखाको आर्थिक सहयोग

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

किसान बहुउद्धेश्यीय सहकारी संस्थाले आज सेयर सदस्य हरितारा जोशीको निधनमा श्रद्धाञ्जली सभा राखी संस्थाले प्रतिबद्धता गरेबमोजिम स्वर्गीय सदस्यको परिवारलाई रु. १ लाख ६५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

स्वर्गीय जोशीको आत्माले मोक्ष प्राप्त गरुन् भन्ने कामना सहित परिवारजनलाई आत्मबल प्रदान गर्दै सेयर सदस्यहरुको विशेषत : अप्ठेरो परिस्थितिमा संस्था सदैव साथमा रहने श्रद्धाञ्जली सभाका सभापतिको रुपमा रहेका शाखा प्रमुख विरेन्द्र प्रसाद जैशीले बताए ।

त्यसैगरि संस्थाको सो प्रकारको मानवीय कार्य प्रशंसनीय रहेको भन्दै आजको सभाका प्रमुख अतिथि तथा बेलौरी नगरपालिका वडा नं ९ का वडा सदस्य भुपतिन्द्र भट्टले परिवारजनप्रति व्यक्तिगत तथा वडाको तर्फबाट श्रद्धाञ्जली अर्पण गरे ।


सेयर सदस्य तथा परिवारको जन्म या मृत्यु भएको अवस्थामा फलफुलको एक बोट लगाउने संस्थाको प्रथा अनुरुप आज स्वर्गीय जोशीको सम्झनामा सानै प्रयास भएपनि जलवायु परिवर्तनमा टेवा पुर्याउने हेतुले कटहरको बोट समेत लगाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ