क्यान्सरका बिरामीले अब ३७ प्रकारका औषधी निःशुल्क पाउने

कञ्चन आवाज संवाददाता,

क्यान्सर रोगका बिरामीले अब ३७ प्रकारका औषधि निशुल्क पाउने भएका छन् । नेपालमा खरीद समेत गर्न नपाउने अवस्थामा अब भने निशुल्क रुपमै ३७ प्रकारका औषधी क्यान्सरका बिरामीले प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताए ।

अन्तर्राष्ट्र्यि च्यारिटी डाईरेक्ट रिलिफले वन हार्ट वल्र्डवाइड संस्थामार्फत् नेपाल सरकारलाई सो औषधीहरु उपलब्ध गराएको हो । औषधी नेपाल भित्रिएसँगै अब भने बिरामीहरुले औषधीको अभावमा विदेशमा गई औषधी खरिद गर्न पर्ने बाध्यताको अन्त्य हुने मन्त्री पौडेलको भनाई थियो । उनको अनुसार सो औषधीहरु भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पतालबाट बिरामीले प्राप्त गर्न सक्नेछन् ।

सो औषधीहरु विशेषगरी स्तन क्यान्सर, प्लाका सोरियासिस, अल्जाइमर लगायतमा प्रयोग हुने बताईएको छ । वान हार्ट वल्र्डवाइडका प्रतिनिधि सूर्य भट्टको अनुसार मुख्यतः स्तन क्यान्सरका बिरामीको लागि सो औषधीहरु लक्षित छन् । संस्थासँगको सम्झौता अनुरुप पहिलो चरणमा नेपालले सुरुको पाँच वर्षसम्मका लागि सो औषधीहरु निशुल्क पाउनेछन् । त्यसपछिका चरणमा भने नेपाल सरकारले पुनः पहल गर्ने बताएको छ । साथै, उपलब्ध औषधीहरु पनि पर्याप्त नभएको अस्पतालहरुले बताएका छन् । यद्यपि बिरामीले प्राप्त गर्न सक्ने सो औषधीको अनुपातले भने बिरामीलाई निकै राहत हुने समेत बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ