मीरा श्रेष्ठ,
आज काठमाण्डौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै देशभरीका ७७ ओटै जिल्लाहरू अब पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा भएका छन् ।

एकै आर्थिक वर्षमा सम्पूर्ण जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो ऐतिहासिक क्षण भएको मानिएको छ ।

राष्ट्र्यि खोप कार्यक्रमले पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्वपूर्ण कदम हो भनेको छ ।
सँगै यो घोषणा हुनुमा स्वास्थ्यकर्मी एवम् महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधिहरुको नेतृत्व एवम् अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यको प्रतिरुप हो भनि सफलताको उत्सवको रुपमा मनाउन पर्ने समेत बताएको छ ।
यसरी यो घोषणाले ७७ ओटै जिल्लाका १६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको भनिएको छ ।

देशका सबै जिल्ला घोषणा भएपनि सबै प्रदेश र सिंगो रुपमा नेपाल पूर्ण खोपयुक्त भएको घोषण भने बाँकी रहेको छ ।





