मीरा श्रेष्ठ,
लालझाडी, कञ्चनपुर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न ९ वटै स्थानीय तहलाई गत सोमबार निर्देशन जारी गरेको थियो।

सोही अनुरूप आज लालझाडी गाउँपालिकाले पालिका मातहतका १ देखि ६ नं वडाहरूलाई छाउगोठ भत्काउन सूचना जारी गरेको छ।

छाउगोठ भत्काउन नमान्नेलाई गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधा एवं सिफारिसबाट समेत वञ्चित गराईने उक्त सूचनामा उल्लेख गरिएको छ।





