साउन १६ राष्ट्रिय कोदो दिवसको रुपमा मनाईने

मीरा श्रेष्ठ,

नेपाल सरकारले अब देखि प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ। देशभर कोदो खेतीको राम्रो उत्पादन हुने सम्भावना रहेकाले कोदो खेतीलाई प्रोत्साहन गर्न सरकारले यो निर्णय लिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।बताएको छ।

कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार नेपाल कृषि अनुसन्धान परिषद्ले नयाँ जातका कोदो बालीको विकास गर्न तथा स्थानीयहरूले संरक्षण गर्दै आएको रैथाने जातका कोदोलाई दर्ता गर्ने लिइएको छ। त्यस्तै स्थानीय तह, प्रदेश र सङ्घले समेत कोदो बालीको संरक्षण तथा विकास गर्नको लागि विभिन्न कार्यक्रम राखेको उनले बताए। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सशर्त मार्फत् ८६ वटा स्थानीय तहमा कोदोबारीको विकास गर्न आवश्यक बजेटसमेत पठाइसकेको उनले जानकारी दिए।

असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले कोदोको संरक्षण र प्रवर्द्धन गर्नको लागि अबबाट प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ