मीरा श्रेष्ठ,
नेपाल सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

लामो समयदेखि पानीको समस्या भईरहेको र वर्षासमेत नहुँदा साउन महिनाको दोस्रो साता सुरु हुनै लाग्दा समेत पनि धान रोपाई हुन नसकेको समस्या अहिले मधेश प्रदेशका आठ ओटै जिल्लाहरुमा रहेको छ । सिँचाई र खानेपानीको समस्यालाई मध्यनजर गर्दै बैठकले सो निर्णय गरेको हो ।

यसअघि पनि गत असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।





