कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय युवा सांसद अवस्थीले काठमाडौँमा शपथ ग्रहण गरे

मीरा श्रेष्ठ,

गत असार १५ गते सम्पन्न भएको राष्ट्रिय युवा सांसदको निर्वाचनमा कञ्चनपुर जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित विष्णु दत्त अवस्थीले काठमाडौँमा शपथ ग्रहण गरेका छन् ।

साउन ८ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित शपथ ग्रहण समारोहमा  उनले देशभरका अन्य १६४  जना युवा सांसद सहित सपथ ग्रहण गरेका हुन् ।

ग्लोबल युथ पार्लियमेन्ट द्धारा आयोजित सो शपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङ रहेका थिए भने अतिथिहरुमा क्याप्टेन विजय लामा र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाको उपस्थिती थियो ।

युवाका आवाज संसदसम्म भन्ने नारा बोकेको सो कार्यक्रमले एक नयाँ पुस्ताका नेतृत्वकर्ताहरूको ऐतिहासिक यात्राको औपचारिक सुरुवात गर्दै कुल १६५ जना युवा सांसदहरुलाई नेतृत्व, उत्तरदायित्व र राष्ट्र निर्माणको यात्रामा अगाडि लाने राष्ट्र्यि युवा सांसदको विश्वास छ ।

काठमाडौँ बाट  कञ्चन आवाज सँगकाे कुराकानीमा कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्दै गरेका विष्णु दत्त अवस्थीले सम्पुर्ण मतदातामा आभारी रहेको बताए । “राष्ट्रिय युवा सांसद मेरा लागि एउटा यस्तो प्लटफर्म बन्यो जहाँ मैले मेरा क्षेत्रमा भएका समस्याहरूको आफ्नो आवाजहरु सदनमा गएर उठाउन सक्ने छु‌ ‌। मेरो दुई वर्षको कार्यकालमा पक्कै पनि मैले मेरा क्षेत्रका लागि आवश्यक पहल गर्ने कोसिस गर्नेछु”, उनको भनाई थियो ।

उनले थप भने, “मेरो क्षेत्रको समस्या भनेको नै खुल्ला सिमाना हो। यहाँ चोरी पैठारी तस्करी लागू औषध ओसारपोसार धेरै मात्रामा हुन्छ। खासगरी युवा हरू गलत क्रियाकलापमा धेरै संलग्न भएका हुनाले म आफै पनि युवा भएको हुनाले यो कुरामा विशेष ध्यान दिनेछु र
आफ्नो क्षेत्रमा भएको नातावाद र कृपावादलाई अन्त्य गर्नेछु।”

कञ्चनपुर जिल्लाबाट क्षेत्र नं १, २ र ३ को प्रतिनिधित्व गर्ने गरि क्रमश : विष्णु दत्त अवस्थी, मुकेश प्रसाद जोशी र भुपेन्द्र रानाले काठमाडौँमा सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ