मीरा श्रेष्ठ,
कञ्चनपुर
यहि आउदो साउन ११ गते आईतबार रानाथारु समुदायको विशेष पर्व तीज परेकाले कञ्चनपुरको स्थानीय तहहरुले सो दिन सार्वजनिक बिदा रहने घोषणा गरेको छ ।

बेलडाँडी गाउँपालिकाले आज ११ बजे शुभकामना सन्देश एवम् स्थानीय बिदा सम्बन्धि सूचना प्रकाशन गर्दै अब आउने आईतबार सार्वजनिक बिदा रहने जनाएको छ ।

त्यसैगरि पुर्नवास नगरपालिकाले पनि आईतबार एक दिन स्थानीय बिदा रहने निर्णय गरेको छ ।

सँगै रानाथारु समुदायको घनत्व रहेको लालझाँडी गाउँपालिकाले पनि प्रत्येक वर्षको श्रावण शुक्ल तृतीयाको दिन रानाथारु समुदायका महिलाहरुको तीज पर्व एवम् हिन्दू परम्पराअनुसार प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी मनाईने र यसैदिन थारु समुदायले पनि गुरही पर्व मनाउने उल्लेख गर्दै रानाथारु समुदाय तथा अन्य समुदायमा समेत तीज, नागपञ्चमी र गुरही पर्वको शुभकामना दिदै आउँदो साउन ११ र १३ गते गाउँपालिका अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरुमा १ दिन स्थानीय बिदा रहने सुचना जारी गरेको छ ।






