बेलौरीमा वाईसियल (YCL) द्वारा श्रम तथा सरसफाइ अभियान सम्पन्न

बेलौरी, १० श्रावण। “श्रम तथा उत्पादनमा वाईसिएल” भन्ने नाराका साथ योङ्ग कम्युनिस्ट लिग (YCL) नेपाल, बेलौरी नगर कमिटीको आयोजनामा बेलौरी नगरपालिका–५ मा विशेष श्रम तथा सरसफाइ अभियान सम्पन्न भएको छ।

सीताराम सांकेतधाम मन्दिर परिसर र रामनगर चोकदेखी करिब पाँच किलोमिटर सम्मको क्षेत्रमा सञ्चालन गरिएको यस अभियानमा YCL का सदस्य, स्थानीय युवा, समाजसेवी र राजनीतिक नेताहरूको सक्रिय सहभागिता रहेको जानकारी नेकपा (माओवादी केन्द्र) नगर कमिटी सहसचिव राजु बहादुर कुँवरले जानकारी दिनुभयो। अभियानमा कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) YCL इन्चार्ज  तथा माओवादी केन्द्र बेलौरी नगर कमिटीका सह–सचिव राजु बहादुर कुँवर, नगर कमिटी अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष लाल बहादुर चौधरी, नगर कमिटी सचिव सुन्दर चौधरी, नगर भलमन्सा अध्यक्ष अमर चौधरी, YCL बेलौरी नगर इन्चार्ज  राजेश भट्ट, समाजसेवी जय बहादुर कुँवर, महाकाली क्याम्पस स्ववियू सभापति दिपक चौधरी लगायतको अग्रणी भूमिका रह्यो।

सडकछेउका झाडी हटाउने, प्लास्टिक संकलन गर्ने र धार्मिक स्थल वरपर सफा गर्ने कार्यक्रम उत्साहका साथ सम्पन्न भएको जानकारी आयोजकले दिएको छ । आयोजकहरूले बेलौरी नगरका अन्य क्षेत्रमा पनि यस्ता श्रम तथा सरसफाइ अभियान निरन्तर सञ्चालन गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ