बेलौरीमा युवाहरूद्वारा स्वर्गीय निर्मला पन्तको सम्झनामा मैनबत्ती प्रज्वलन

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

बेलोरीमा आज साँझ सक्रिय युवाहरूद्वारा स्वर्गीय निर्मला पन्तको सम्झनामा मैनबत्ती प्रज्वलन कार्यक्रम राखिएको छ।

आज भन्दा सात वर्षअघि आजकै दिन निर्मला पन्तको बलात्कारपछि हत्या भएको र अपराधीलाई अहिलेसम्म कानुनी कठघरामा ल्याई पीडित परिवारलाई न्याय दिन नसकेको अवस्थामा सरोकारवालावर्गहरूले माग राख्दै आएको छ।

यसै बीच बेलौरी र पुनर्वासका सक्रिय युवाहरूले स्वतस्फुर्त रुपमा आज स्वर्गीय निर्मला पन्तको सम्झना गर्दै श्रद्धाञ्जली स्वरूप मैनबत्ती प्रज्वलन गरी उनको न्यायको निमित्त पुनः आवाज उठाएका छन्।

‘सरकार भिडियो तर न्याय भेटिएन’ भन्ने नारा रहेको स्वर्गीय निर्मला पन्तको तस्बिरमार्फत सांकेतिक सन्देश दिदै युवाहरूले सम्पूर्ण सरोकारवाला वर्गलाई उनको न्यायका निमित्त आवाज उठाउन झकझक्याएका थिए।

बेलौरी युवा सञ्जालका अध्यक्ष तथा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय युवा सांसद विष्णुदत्त अवस्थिले बेलाबेलामा निर्मला पन्तको हत्याको केसमा अनुसन्धान गर्ने कुराहरू उठेता पनि त्यसले ठोस गति लिन नसकेको बताए।

“यो सात वर्षको दौरानमा विभिन्न कोणबाट अनुसन्धानहरू भए, विभिन्न सरकार परिवर्तन भए, विभिन्न गृहमन्त्रीहरू आए तर विडम्बना यो घटनाको राम्रोसँग खोज गरिएको छैन”, उनले बताए।

 

 

त्यसै पुनर्वासबाट सक्रिय युवा नरेशराज पाण्डेले कञ्चनपुरबाट नेपाल सरकारको लागि हाल गृहमन्त्रीको रुपमा रहेका रमेश लेखक प्रति लक्षित गर्दै भने, “थुप्रै सत्ता परिवर्तन भए नेपालमा, विपक्षीमा हुँदाखेरि चाहिँ म गृहमन्त्री भएँ भने २४ घण्टामै निर्मला पन्तको हत्या केस पत्ता लगाउँछु भन्ने भए तर अहिलेसम्म सात वर्ष बित्दासम्म पनि निर्मला पन्त बहिनीले कुनै न्याय पाएको छैन।”

वि.सं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न भने हिडेकी निर्मला पन्तको भोलिपल्ट उखुबारीमा मृत शरीर भेटिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ