मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आज सुदूरपश्चिम प्रदेश प्रहरी र कञ्चनपुर जिल्ला अन्र्तगतका सिमा नाकाका जनप्रतिनिधि बीच लागुऔधष, शान्ति सुरक्षा तथा समसामयिक विषयक सन्दर्भमा अन्र्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा सभाध्यक्षको रुपमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डम्बर बा. वि.क. प्रमुख अतिथिको रुपमा थिए । त्यसैगरि विशिष्ट अतिथिहरुमा जिल्ला समन्वय समिती उपप्रमुख राम कुमारी राना, बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री रहेका थिए ।

त्यस्तै, अतिथिहरुमा जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय तह र सो अन्तर्गत पनि सीमा नाका जोडिएका वडाहरुबाट जनप्रतिनिधिहरुको उपस्थिती थियो । जसअन्र्तगत पुर्नवास नगरपालिका बाट वडाहरु ३, ४, ६, ८, ९, १० र ११ का जनप्रतिनिधि, बेलौरी नगरपालिकाबाट १ देखि १० सम्मका वडा तथा बेलडाँडी गाउँपालिका अन्र्तगत वडाहरु ३, ४ र ५ का जनप्रतिनिधिहरुको सहभागिता थियो । साथै, बुद्धिजीवि तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय बेलौरी, त्रिभूवनबस्ती, बेलडाँडीको उल्लेखनीय उपस्थिती थियो ।

कार्यक्रमको सहजीकरणको रुपमा रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जिल्लाको दक्षिणी क्षेत्रमा लागुऔषधको बिगबिगीले दयनीय अवस्था बनाएकोले यस दक्षिणी क्षेत्रका स्थानीय तहलाइ लक्षित गरि कार्यक्रम राखिएको बताए ।

लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजम लागुऔषध कारोबारको कसुरमा २ महिना देखि जन्मकैद सम्मको सजाय हुने उल्लेख गर्दै उनले भने, ‟भविष्यका कर्णाधार साना केटाकेटिहरु, नाबालक भाईहरु लगायत युवा पीँढिहरु पनि यो कसुरमा संलग्न भएर आफ्नो जिन्दगी, उनीहरुको भविष्य बर्बाद भईराको अवस्था छ । सजाय भोगिसकेपछि भोलिको दिनमा फर्केर यहि समाजमा आएर केहि गरौँ भन्दाखेरि पनि विदेश जानलाई अथवा सरकारी, प्राईभेट जागिर खानलाई पनि उहाँहरुलाई समस्या हुने भएकाले यो विषय चाहि एकदमै संवेदनशील छ ।”

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले नयाँ आर्थिक वर्ष सुरु भएको दुई साता पुग्दै गर्दा मात्रै खैरो हेरोईन सम्बन्धि एक मुद्दा परिसकेको बताए । उनले २५ वर्ष देखि ४० वर्ष उमेर समुहका र विद्यार्थी जीवन छोडेर भारतमा गई रोजगारी गरि फर्किएका युवाहरु लागुऔषधमा फसेको उल्लेख गरे । सँगै आर्थिक अपराध, घरेलु हिँसा, लैङ्गिक हिँसाजन्य अपराधहरु पनि उतिकै रहेको बताए ।

बेलौरी नगरपालिका वडा नं २ का अध्यक्ष कलवीर चौधरीले टेडुवा चौकीमा पर्याप्त प्रहरी संख्या नभएको गुनासो व्यक्त गर्दै वडा नं ३ मा समेत अर्को प्रहरी विट थप्नुपर्ने सुझाव व्यक्त गरे । ‟गोकुलपुर बजार रोडको दक्षिणी तिर वडा नं २ मा पर्छ भने उतरतिर वडा नं १, गोकुलपुर बजार फस्टाउन नसक्नुको कारण पनि एउटा सुरक्षाको कमीकमजोरी जस्तो लाग्छ, यदि त्यहाँ सुरक्षाको व्यवस्थापन भो भने कुनै न कुैन बैँक जान्थ्यो, जनताले राहत पाउथे, बजार फस्टाउथ्यो,” उनको अनुरोध थियो ।

त्यसैगरि शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी र बर्दी विनाका प्रहरीहरुको संयुक्त प्रयास रहदारहदै पनि जनतालाई सुरक्षाको आभास दिलाउन नसकेकोमा खेद व्यक्त गर्दै बेलडाँडी गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष इन्द्र बा. खड्काले आफ्नो वडा पूर्णतया खुला सीमा भएको र अवैध रुपमा मानिस तथा वस्तुहरुको ओसारपसार हुनसक्ने भएकाले आवागमनलाई निश्चित केन्द्र तोकेर सुरक्षित तथा सहज बनाउन सकिनेमा जोड दिए ।

बेलौरी नगरपालिका वडा नं ७ का अध्यक्ष प्रकाश श्रेष्ठले देशका कर्णाधार युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेकाले देशको भविष्य अन्यौलको अवस्थामा रहेको उल्लेख गरे । ‟जबसम्म खुला सीमा हुन्छ, तबसम्म लागुऔषधको नियन्त्रणका लागि हामीले जति प्रयास गरेपनि सम्भव हुने जस्तो मलाई लाग्दैन,” उनको भनाई थियो । सँगै लागुऔषधको दुव्र्यसनीको कारोबारमा युवा समातिए भन्दा पनि युवाहरु बचाईयो भन्ने किसिमका समाचारहरु मिडिया मार्फत् ल्याउने प्रयास गर्नुपर्ने उनको तर्क थियो ।

कारवाही गर्ने भन्दा पनि पहिला सचेतना कार्यक्रममा जोड दिनुपर्ने पुर्नवास नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मित्र सिंह लामाको भनाई थियो ।

बेलडाँडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीले घटनाको साक्षीको रुपमा बस्दा सुरक्षाको अभाव तथा अदालत धाउने जस्ता प्रक्रियामा झन्झट हुने भएकाले स्थानीय जनताले लागुऔषध जस्ता अपराधहरुको निर्मूल गर्न सहयोग गर्न नखोज्ने तितो यथार्थ उल्लेख गरे ।

त्यस्तै बेलडाँडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गज बा. विष्टले प्रहरी कार्यालयहरुमा प्रहरीको संख्या पर्याप्त हुनपर्नेमा जोड दिए ।

लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रमहरु विद्यालय स्तरमा पनि सञ्चालन गर्न सकिए अझ प्रभावकारी हुने बेलौरी नगरपालिका वडा नं ८ का वडा सदस्य लक्ष्मी चन्दले बताईन् ।

पुर्नवास नगरपालिका वडा नं १० का वडा सदस्य पदमराज उपाध्यायले पचकडियामा प्रहरी चौकी शीघ्र भन्दा शीघ्र स्थापना गरिनुपर्नेमा जोड दिए ।

त्यस्तै सोहि पालिकाबाट वडा नं ४ का अध्यक्ष मनोज जैसीले अत्तरीया, झलारी, गोदावरी आदि टाढा स्थानहरुबाट मानिसहरु आफ्नो वडा भएर भारतमा आवतजावत गर्ने गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुको यात्राको अभिप्राय बुझ्ने किसिमका निगरानी गरिनुपर्ने बताए ।

त्यसैगरि बेलौरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरीले बेलौरी नगरपालिका भित्र सबैभन्दा धेरै जसो आफ्नो वडाबाट लागुऔषधको अवैध कारोबार हुने उल्लेख गरे । सँगै प्रहरीबाट दिईनुपर्ने सुरक्षा सहि रुपमा भएको र भन्सार कार्यालय तथा सशस्त्र प्रहरीबीचको समन्वय राम्रो गरिनुपर्नेमा सुझाव दिए ।

बेलौरी नगरपालिकाबाट सामाजिक अभियन्ता धमेन्द्र गिरिले अभिभावक तथा घरपरिवारबाट युवाहरुलाई विशेष स्याहार र उचित सँस्कार दिनुपर्नेमा जोड दिए । उनले विशेषत ः रानाथारु समुदायका युवाहरु लागुऔषधको दुव्र्यसनीमा फस्ने गरेको अनुसन्धान मार्फत् निचोड प्राप्त भएको भन्दै ति समुदायहरुमा अझ जोड दिएर सचेतनामूलक कार्यक्रम गरिनुपर्ने सुझाव व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बालबालिका तथा युवाहरु लागुऔषधको दुव्र्यसनीमा फस्नबाट बचाउनको लागि सबैभन्दा पहिला परिवारले उचित सँस्कार र शिक्षा दिनुपर्ने बताईन् । सँगै बेलडाँडी गाउँपालिकामा सुरक्षा व्यवस्थापनको लागि यातायातको व्यवस्था नभएकोमा दुखेसो व्यक्त गर्दै गाडी उपलब्ध गराउन अनुरोध गरिन् ।

त्यस्तै अर्का विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिती उपप्रमुख रामकुमारी रानाले शान्ति सुरक्षा व्यवस्थापनको लागि स्थानीय जनताको समेत महत्वपूर्ण योगदान रहने जिकिर गरिन् ।

कार्यक्रमका सभाध्यक्षको रुपमा रहेका बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले पछिल्लो दूई तीन महिनामा बालबालिकाहरु लागुऔषधको कारोबारमा समातिएको उल्लेख गर्दै वडाका जनप्रतिनिधिहरुबीच यस्तो संवेदनशील विषयमा छलफल तथा अन्र्तक्रिया गरि वडा भित्रका प्रत्येक समुदाय तथा टोेलमा जनचेतना पुग्ने विश्वास लिईएको बताए ।

अन्तमा, कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक डम्बर बा. वि.क. प्रमुखले स्थानीय जनप्रतिनिधिहरुबाट आएका सुझाव तथा गुनासोलाई आत्मसात् गरि प्रदेश तथा केन्द्रिय स्तरमा सम्बन्धित निकाय सम्म लग्ने प्रतिबद्धता गरे । प्रहरी चौकीहरुमा पर्याप्त प्रहरी संख्या नभएको गुनासोलाई सम्बोधन गर्दै उनले पर्याप्त प्रहरी संख्या हुननसकेको अवस्थामा पनि आपराधिक क्रियाकलापको निगरानी र खबरदारीद्धारा अपराध नियन्त्रणको प्रयास भएकोमा स्थानीय स्तरबाट जनताको पनि साथ मिलेको कुरालाई प्रकाश पार्दै जनता र प्रहरीबीचको सम्बन्ध आशातीत रुपमा सुमधुर रहेको बुझिने उनको भनाई थियो ।

सँगै बेलडाँडी गाउँपालिकामा यातायातको व्यवस्था नभएको कुरालाई विशेष मध्यनजर गर्दै चाँडो भन्दा चाँडो समस्याको हल गर्नेमा उनले प्रतिबद्धता व्यक्त गरे ।





