कञ्चनपुरमा विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

कञ्चनपुर, २६ जेठ ।

कारागार कार्यालय कञ्चनपुरबाट भागेका तथा विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएका पाँच जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सक्रियता देखाउँदै आज मिति जेठ २६ गते उनीहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेहरूमा कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन् । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विद्युतीय कारोबार मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका कञ्चनपुर लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका नविन राना र सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय सुनाइएका कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर २ का केशव सिंह योञ्जन पक्राउ परेका छन् ।

त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय तोकिएका डोटी जोरायल गाउँपालिका वडा नम्बर ३ का रुद्र भुल पनि समातिएका छन् । कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा अदालतबाट जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला भई फरार रहेका कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ का सरोज राना र राहुल रानालाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ