कञ्चनपुरमा सशस्त्र प्रहरीको दुई फरक अप्रेसन: २० लाख बढीको मालसामान बरामद

केशब भट्ट,१४ साउन,कञ्चनपुर। कञ्चनपुरका दुई फरक स्थानमा ३५ नम्बर शैलेश्वरी गण सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अबैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। बरामद गरिएका वस्तु झण्डै २० लाख रुपैयाँ बराबर रहेको ३५ नम्बर, शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताए।

बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट डोकेबजार, कञ्चनपुरबाट निरीक्षक सूर्य प्रकाश पन्तको कमाण्डमा खटिएको पाँच जनाको मोबाइल टोलीले पुनर्वास नगरपालिका–११ डोकेबजार सीमा क्षेत्रबाट भारतबाट अबैध रूपमा भित्र्याइएको ७ लाख ५० हजार  नेपाली नम्बर प्लेटको सु.प.प्र.०१–००१ स ६९०२ इलेक्ट्रिक अटो एक थान र त्यसका पार्टपुर्जा नियन्त्रणमा लिएको उपरीक्षक भट्टले बताए।

त्यस्तै, बुधबार दिउँसोको समयमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्यायको नेतृत्वमा सात जनाको टोलिले जिल्लाको भिमदत्त नगरपालिका–४, भासी हाइवे क्षेत्रमा गरिएको अपरेशनबाट भारतबाट अबैध रुपमा ल्याइएका लेडिज सुट/कुर्तीहरू बरामद सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए।

उनका अनुसार उक्त वस्तु झण्डै ८ लाख ४० हजार रहेको छ। जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सामग्रीहरू कैलालीको त्रिनगर भन्सार र कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी, कुखुरा तथा पेयपदार्थ लगायत सुर्तीजन्य सामग्री नष्ट गरिएको उपरीक्षक भट्ट जानकारी दिए। सीमा क्षेत्रमा भन्सार छलि हुने कार्य रोक्न सशस्त्र प्रहरी बलको सक्रियता बढ्दो क्रममा रहेको छ। नियमित गस्ती, सूचनाको आधारमा अपरेशन र समन्वयात्मक कार्यवाहीमार्फत सशस्त्र प्रहरीले अबैध कारोबार नियन्त्रणमा ठोस परिणाम ल्याइरहेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ