यार्डद्धारा कृष्णपुर नगरपालिकासँग नीति तथा बजेट सम्बन्धि बैठक सम्पन्न

मीरा श्रेष्ठ,
कृष्णपुर, कञ्चनपुर

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) द्धारा सञ्चालित राईट हियर राईट नाऊ-२ परियोजनाले अन्तर्गत कृष्णपुर नगरपालिकासँग आज बैठक बसेको हो । बैठकमा संस्थाका प्रतिनिधि सहित नगरपालिकाका उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट लगायत शिक्षा शाखा अधिकृत , स्वास्थ्य शाखा अधिकृत, सामाजिक विकास शाखा तथा कृष्णपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहन बहादुर बस्नेत र वडा नं ८ का वडा सदस्य फुल राना लगायत विद्यालयहरुबाट शिक्षक, बालक्लब सदस्य र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको वृहत उपस्थिति थियो ।

परियोजनाका कार्यक्रम अधिकृत आरती लोहारले बैठकमा परियोजना कार्यान्वयनको मुख्य उपलब्धि, चुनौती र तिनको प्रभाव लगायत यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धि नीति निर्माणको अवस्था, प्रक्रिया, कार्यन्वयन तथा वृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई थप प्रभावकारी बनाउन नीति, बजेट र कार्यक्रममा युवाहरूको आवाज, दीर्घकालीन वित्तीय स्रोतको सुनिश्चितता गर्नका लागि आवश्यकीय प्रयासहरुबारे छलफल गरिएको बताईन् ।

“हामीले छलफल गरिएको विषयवस्तुबाट वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सामुहिक सहकार्यबाट प्रभावकारी ढंगले कार्यक्रमहरु गर्ने र आगामी वर्षको नीतिमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षा सम्बन्धि बजेट तथा कार्यक्रम राख्ने सामुहिक सहमति आजको बैठकको निष्कर्षको रुपमा प्राप्त गरेका छौँ”, लोहारले बताईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ