कक्षा १२ को नतिजा सार्वजनिक

मीरा श्रेष्ठ,

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ कौ नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


अंग्रेजी, लेखा र सामाजिक विषयमा अधिकतम विद्यार्थीको एनजी अर्थात् ननग्रेड आएको बताईएको छ । नतिजा हेर्नको लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट https://neb.gov.np/ तथा नेपाल टेलिकमको वेबसाईट https://neb.ntc.net.np/  बाट पनि हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ