महाकाली बहुमुखी क्याम्पसले कक्षा १२ को निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गर्ने

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर

महाकाली बहुमुखी क्याम्पस बेलौरीले कक्षा १२ को ग्रेडवृद्धि परीक्षालाई लक्षित गर्दै निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

साउन २१ गते कक्षा १२ को परीक्षा नतिजा फल प्रकाशित भएसँगै आज क्याम्पसले यो निर्णय गरेको हो।

सँगै स्नातक प्रथम वर्षको लागि शिक्षा संकाय तथा व्यवस्थापन संकायमा भर्ना समेत खुलेको महाकाली बहुमुखी क्याम्पसले सूचना गरेको छ।

ग्रेडवृद्धि तयारी कक्षाको लागि भने फारम शुल्क रू. ५० लाग्ने त्यसपछि बाँकी शिक्षण शुल्क भने निःशुल्क रहने जनाएको छ। फारम भर्ने अवधि साउन २१ देखि २५ गतेसम्म रहनेछ र यी दिनहरूमा प्रत्येक बिहान ६:३० बजेदेखि ११:०० बजेसम्म फारम भर्न सकिने क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ