भारतबाट आयातित मुसुरो र मासको दाल गुणस्तरको मापदण्डमा परेन

मीरा श्रेष्ठ,
भीमदत्त, कञ्चनपुर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयात भएको मुसुरो तथा मासको दाल गुणस्तरहीन पाएपछि सरकारले आयातमा रोक लगाएको छ ।

भीमदत्तमा रहेको न्यू श्री बेटल ट्रेडर्सले भारतबाट धनगढी नाका भन्सारमा ल्याएको २,९२० के.जि. मुसुरोको दाल र २,२५० के.जि. मासको दाल परिक्षण गर्दा गुणस्तरहीन पाएको हो ।

मुसुरोको दालमा किराले क्षति पुर्याएका दाना तोकिएको मापदण्डभन्दा बढी फेला परेका थिए । त्यस्तै मासकाे दालमा कृत्रिम रंग मिसिएको पाईएपछि विभागले सो दाल नेपालमा आयात गर्न नहुने निष्कर्ष निकालि धनगढी भन्सार कार्यालयमा प्रतिवेदन सहित आयातमा रोक लगाउन पत्राचार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ