नेपाललाई विद्युत व्यापारमा फाईदा

मीरा श्रेष्ठ,

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपाललाई विद्युत व्यापारमा झण्डै साढे चार अर्ब फाईदा भएको देखिएको छ । भारतबाट आयात गरिने विद्युत भन्दा नेपालबाट निर्यात हुने विद्युतमा चार अर्ब ५४ करोड रुपैया बढि भएको पाईएको हो ।

विद्युत व्यापारमा फाईदा भएसँगै विद्युत आयात अनुपातमा समेत घट्दो क्रम देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको अनुसार सरकारले वैदेशिक बजारमा विद्युत निर्यात बढाउने रणनीति अपनाउनुमा सफलता हासिल गरेको छ ।

नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्ने अनुमति पाएसँगै भारत मात्रै नभएर बंगलादेश समेत नेपालको विद्युत निर्यात गर्ने गन्तव्य बन्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ