बेलौरीः भलिबलका पूर्व राष्ट्रिय खेलाडी हिमाल सिंह बिष्टले प्राप्त गरे राष्ट्रिय रेफ्री ‘ए’ ग्रेड प्रमाणपत्र

बेलौरी, कञ्चनपुर। बेलौरी नगरपालिका ६ निवासी तथा आफ्नो समयका भलिबलका उत्कृष्ट राष्ट्रिय खेलाडी हिमाल सिंह बिष्टले भलिबल खेलको राष्ट्रिय रेफ्री ‘ए’ ग्रेडको प्रमाणपत्र प्राप्त गर्नुभएको छ।

यो उपलब्धिसँगै बिष्ट अब राष्ट्रियस्तरका प्रमुख भलिबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न योग्य हुनु भएको छ । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बिष्टले खेलाडी जीवनमा देशका विभिन्न प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो।

स्थानीय खेलप्रेमी र बिष्टका शुभचिन्तकहरुले यो उपलब्धिलाई कञ्चनपुरमा खेलकुदको विकासका लागि प्रेरणादायी कदमको रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ