धनगढी, सुदूरपश्चिम — सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै ‘भिजा नेसन कन्सल्टेन्सी’ले धनगढीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यस कन्सल्टेन्सीको शाखा धनगढी उपमहानगरपालिका–४, टेम्पल रिसोर्ट नजिक गन्तव्य भवनको तल्लो तलामा औपचारिक उद्घाटन गरिएको हो।
नयाँ शाखाबाट जापान, अस्ट्रेलिया, युकेलगायतका देशमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श, कलेज छनोट, आवेदन प्रक्रिया, भाषा तयारी तथा अन्तर्वार्ता तालिमजस्ता सम्पूर्ण सेवा उपलब्ध हुने भएको छ।
शाखा प्रबन्धक अन्जली केसीका अनुसार, “धनगढीमै सेवा सञ्चालन भएपछि विद्यार्थीलाई काठमाडौं जानुपर्ने आवश्यकता हटेको छ। हामीले विदेश अध्ययनको सम्पूर्ण प्रक्रिया सहज र गुणस्तरीय बनाउन लक्ष्य लिएका छौं।”

कन्सल्टेन्सीका सञ्चालक पंकज पन्थीले सुदूरपश्चिमका विद्यार्थीको विदेश अध्ययन सपनालाई मूर्तरूप दिन शाखा विस्तार गरिएको बताए। उनका अनुसार, दक्ष प्रशिक्षकमार्फत भाषा अध्यापन र वैयक्तिक मार्गदर्शन प्रदान गरी विद्यार्थीलाई प्रतिस्पर्धात्मक रूपमा सक्षम बनाइनेछ।
यससँगै सुदूरपश्चिमका विद्यार्थीले अब आफ्नै शहरमा बसेर विदेश अध्ययनका लागि आवश्यक सम्पूर्ण परामर्श तथा तयारी सेवा पाउने भएका छन्।





