बालबालिकालाई लागुपदार्थ तथा मदिराजन्य कार्यमा रोक लगाउन बेलौरी युथ नेटवर्किङ क्लबकाे ध्यानाकर्षण

मीरा श्रेष्ठ,

बेलौरी युथ नेटवर्किङ्ग क्लबले आज वडा नं ४ र वडा नं ६ कार्यालय तथा बेलौरी नगरपालिकाका नगर उप–प्रमुख लगायत इलाका प्रहरी कार्यालय, बेलौरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री तथा प्रयोगमा रोकथाम सम्बन्धि औपचारिक पत्र क्लबले बुझाएको हो ।

समाजमा बालबालिकाको स्वास्थ्य, सुरक्षित भविष्य र सकारात्मक वातावरण निर्माण गर्होर्ने उद्देश्य रहेको भन्दै क्लबले सो पत्रमार्फत् ध्यानाकर्षण गराएको बताईएको छ । “स्थानीय निकाय वडा कार्याल, नगरपालिका र इलाका प्रहरी कार्यालय बेलौरी मार्फत सम्बन्धित व्यवसायीहरूलाई सचेत गराई, कानुनको पुर्ण कार्यान्वयनका लागि आवश्यक निगरानी, कारवाही र अनुगमन गर्न हाम्रो क्लबले प्रतिबद्धताका साथ अनुरोध गर्दै पत्र दियौँ” , क्लबले सामाजिक सञ्जालको आफ्नो फेसबुक पोष्ट मार्फत् जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ