नेकपा (माओवादी केन्द्र) भिमदत्त नगर अधिवेशनबाट अध्यक्षमा आनन्द सिंह धामी, ४९ सदस्यीय कार्यसमिति चयन

कञ्चनपुर, भिमदत्त, श्रावण २९  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भिमदत्त नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट अध्यक्षमा आनन्द सिंह धामी निर्वाचित भएका छन्।

उपाध्यक्षमा नारु सिंह, कमल नेपाली र गणेश चन्द निर्वाचित भए भने सचिवमा वीर बहादुर नेपाली चयन भएका छन्। सहसचिवमा तेजेन्द्र ऐरी र आशा कुमारी चौधरी निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्षमा शोभा टमटा जिम्मेवारीमा चयन भएकी छन्।

पदाधिकारीहरूसहित ४९ सदस्यीय नगर कार्यसमिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कञ्चनपुरका सचिव सहविर सुनारले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ