महाकाली बहुमुखी क्याम्पस बेलौरीका अध्यक्ष हरेन्द्र सिंह विष्टको काँधमा फेरि पनि नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको जिम्मेवारी

धनगढी, कैलाली। नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन बुधबार धनगढीमा सम्पन्न भएको छ। “आफ्नो देशको उत्पादन, आफ्नो सान — कृषि उन्नति हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न महाधिवेशनबाट हरेन्द्र सिंह विष्टलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको हो। हरेन्द्र सिंह विष्ट महाकाली बहुमखी क्याम्पस बेलौरीका अध्यक्ष समेत रहेका छन्।

महाधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ। उपाध्यक्षमा जन्मजय तिमिल्सेना, महिला उपाध्यक्षमा इन्द्रा बोहरा, सचिवमा खगेन्द्र ओझा र सहसचिवमा फकिर बहादुर रोकाया निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यमा जय बहादुर कुँवर, झगडी कामी, गोपीप्रसाद खनाल, अम्मरजंग साउँद, अरुण खडायत, नवराज बुढा, सुरत बहादुर साउँद, भावता खड्का, जोवाहिलाल डगौरा, टीका मौनी, तेज बहादुर बम, जंगवीर बिस्ट, प्रेम कट्टेल, दशरथ चौधरी, विक्रम चौधरी, गीता रावल, दीपा बोहरा, कृष्णा घर्ति र निर्मला अवस्थी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भरत बहादुर सिंहले जानकारी दिए।

यो महाधिवेशनले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको विकास, किसानको अधिकार र हितमा प्रभावकारी काम गर्न नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ