मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
विद्यालय र अस्पताल जस्ता सार्वजनिक ठाउँहरूमा सुर्ती र मदिरा जन्य पदार्थ बिक्री वितरण नगर्न र नगराउन बेलौरी नगरपालिका वडा नं ४ को कार्यालयले सूचना जारी गरेको छ।

नेपाल सरकारको तम्बाकु जन्य वस्तु नियन्त्रण तथा नियमन ऐन २०६८ र मदिरा नियन्त्रण २०३१ को प्रावधान अनुसार १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई सुर्ती र मदिरा जन्य पदार्थ बिक्री वितरण गर्न निषेध रहेको कुरा उल्लेख गर्दै वडा कार्यालयले सो सूचना जारी गरेको हो।





