महिला अधिकार र समानताको सवालमा समाज परिवर्तन अपरिहार्य : पूर्व मन्त्री लक्ष्मी बिक

भाद्र ०८, दार्चुला। दार्चुलामा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।आइतबार जिल्लाको खलंगास्थित वडा नम्बर ४ कार्यालयको आयोजनामा तिज बिशेष सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मी बिकले हरितालिका तिजको शुभकामना व्यक्त गर्दै महिला अधिकार र समानताको सवाललाई संवैधानिक हैसियतमै सुनिश्चित गर्न प्रयास हुँदै आएको स्मरण गर्दै अझै व्यवहारमा लागू गर्न समाजको सोच र संरचनात्मक परिवर्तन अपरिहार्य रहेको बताइन्।

प्रदेश सभा सदस्य बिकले तीजजस्ता सांस्कृतिक पर्वले महिलालाई आत्मबल, आत्मीयता र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने भएकाले यसलाई स्वस्थ र सरल ढंगले मनाउन आग्रह गरिकि छिन्।कार्यक्रममा सहभागी महिलाहरूले पनि आफ्नो धारणा राख्दै तीज पर्वले परिवार, छिमेक र समाजबीचको आत्मीय सम्बन्धलाई बलियो बनाउने अवसर दिने बताएका थिए। शुभकामना आदानप्रदान कार्यक्रम स्थानीय महिलाको उत्साहपूर्ण सहभागिता, नृत्य–गीत र आत्मीयतापूर्ण वातावरणबीच सम्पन्न भएको आयोजक वडा नम्बर ४ कार्यालयले जनाएको छ।

कार्यक्रमको अध्यक्षता अम्बिका नेपालीले गरेकी थिइन्।कार्यक्रममा वडा अध्यक्ष जगत चुनारा, वडा सदस्यहरू भगत निरौला र जमुना धामी, महिला अधिकारकर्मी सुशिला सिंह, ब्यासी सौगा समाजकी उर्ती बुढाथोकी, आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य उदयसिंह बुढाथोकी, समाजसेवी तथा बुद्धिजीवी कलावती बडाल र निर्मला धामी अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ