भाद्र ८, धनगढी । कैलालीको धनगढीमा एशोसेशन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट (AHTI) ले आइतबार पत्रकार सम्मलेन गर्दै चार बुदे प्रेस बिज्ञप्ती जारी गरेको छ । एएचटीआईले नेपालमा होटल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बीच औपचारिक सम्झौता गरेको प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

साउन २६ गते भएको सम्झौता अनुसार एएचटीआईसँग आबद्ध सदस्य संस्थाहरुले सीटीईभीटीको मान्यता प्राप्त प्रमाण–पत्रसहित होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्न पाउने भएको एशोसेशन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट–एएचटीआईका सचिब गणेश शाहीले जानकारी दिनुभयो । उहाँले सम्झौता अनुसार प्रशिक्षण संचालन गर्न कुनै वाधा नरहेको बताउदै आफुहरुले नियमित रुपमा प्रशिक्षण संचालन गरिहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

पत्रकार सम्मलेन मार्फत जारी गरीएको प्रेस बिज्ञप्तीमा एएचटीआईका सबै सदस्य सस्थाहरुले प्रदान गरिरहेका होटल म्यानेजमेन्ट सम्बन्धि प्रशिक्षणबाट उत्पादन भएका जनशक्तिहरुको विश्व बजारमा ठूलो माग रहेको बताइएको छ । साथै एसईईमा ननग्रेड आएका विद्यार्थीहरुको भविष्य निर्माणको सम्भावना कम रहेको अवस्थामा समेत प्रशिक्षणका माध्यमबाट प्रशिक्षार्थीहरुले सहजै तारे होटलहरु तथा रिसोर्टहरुमा राम्रो तलबमा नोकरी पाएको एशोसेशन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट–एएचटीआईका अध्यक्ष कमल पनेरुले जानकारी दिनुभयो ।
केही समय अगाडी धनगढीका विभिन्न संचारमा माध्यममा प्रकाशित समाचारमा “छापा” भन्ने शब्द प्रयोग भएको हुँदा उक्त शब्द प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको एएचटीआईले जनाएको छ । सो कार्य छापा नभई नियमित अनुगमन भएको बताउदै केही मिडियामा “छापा” भनि समाचार आउँदा एएचटीआइका सदस्य संस्थाहरुको प्रतिष्ठामा आँच आएको र प्रशिक्षार्थी भर्नामा व्यापक प्रभाव पारेको एशोसेशन अफ हस्पिटालिटी ट्रेनिङ इन्स्टिच्युट–एएचटीआईका सल्लाहाकार शेरसिंह धामीले बताउनुभयो ।

यस्तै नेपालभर करिब चार सय भन्दा बढी एएचटीआइका सदस्य संस्थाहरुले इटिभिए–मलेसिया (ETVA,Malasiya) जस्ता संस्थाहरुको सहकार्यमा होटल म्यानेजमेन्टको प्रशिक्षण प्रदान गरिरहेको जारी प्रेस बिज्ञप्तीमा भनीएको छ । तर साउन २६ गते भएको सीटीईभीटीसंगको सम्झैता अनुसार आफुहरुले इटिभिए–मलेसिया जस्ता सस्थाहरुसँगको सहकार्य तोडेर पूर्ण रुपमा सीटीईभीटी बाट सम्बन्धन प्राप्त छोटा अवधिका कोर्ष तथा तालीमहरु मात्रै प्रशिक्षण गराउदै आएको एएचटीआईका सचिब शाहीले जानकारी जानकारी दिनुभयो ।
एएचटीआईका अनुसार सुदुरपश्चिममा मात्रै इटिभिए–मलेसिया जस्ता संस्था सँगको सहकार्य तोड्न आफुहरुलाई बाध्य बनाइएको र सो नियम देशभर काँही कतै लागु नभएको एएचटीआईका अध्यक्ष पनेरुले जानकारी दिनुभयो । यसरी सरकारले आफुहरु माथी सौतेलो व्यवहार गरेको उहाँले बताउनुभयो । यसरी अन्य प्रदेशमा इटिभिएका कोर्षहरु संचालनमा रहँदा यस क्षेत्रका विद्यार्थीहरु र धनराशी बाहिरीने अवस्था आएको भन्दै सम्बन्धित निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले एएचटीआईले गर्दै आएका काम, पढाइरहेका बिषयहरुका बारेमा समेत चासो ब्यक्त गरेका थिए ।





