भाद्र १०,कञ्चनपुर। कञ्चनपुर जिल्लाको बेलौरी क्षेत्रमा बढ्दो शान्ति–सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (DSP) को पदस्थापन गर्न जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले माग गरेका छन्।सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले गृहमन्त्री रमेश लेखकसङ्गको भेटमा ईलाका प्रहरी कार्यालय बेलौरीमा स्थायी प्रहरी नायब उपरीक्षक (DSP) सहितको प्रहरी कार्यालय स्थापना गर्न माग गरेका हुन्।
उनले बेलौरी नगरपालिका–२, ३ को प्रमुख बजार गोलेकपुर बजारमा स्थायी प्रहरी चौकी, पुनर्वास नगरपालिका–१, ६ को बजार क्षेत्रमा प्रहरी चौकी तथा लालझाडी गाउँपालिका–६, चान्देव बजारमा स्थायी प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै, नेपाली कांग्रेस क्षेत्र नं. १ कञ्चनपुर क्षेत्रीय कार्यसमितिले पनि गृहमन्त्रीलाई बुझाएको स्मरणपत्रमार्फत बेलौरीमा प्रहरी नायब उपरीक्षक (DSP) दरबन्दीसहितको व्यवस्थापन गर्नआग्रह गरेको छ।क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय तथा
कांग्रेसका जिल्ला, प्रदेश र क्षेत्रीय नेताहरूको संयुक्त हस्ताक्षरसहित बुझाइएको उक्त पत्रमा बढ्दो जनसंख्या, भौगोलिक चुनौती र अपराध नियन्त्रणका दृष्टिले बेलौरीमा DSP को नेतृत्वमा प्रहरी इकाई स्थापना अनिवार्य भएको उल्लेख गरिएको छ।

नेताहरूले बेलौरी क्षेत्रमा हाल कायम शान्ति सुरक्षा व्यवस्थाले दीर्घकालीन समाधान दिन नसक्ने र अपराध नियन्त्रणमा समस्या देखिएको भन्दै चाँडोभन्दा चाँडो DSP दरबन्दी कायम गरी प्रहरी कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका हुन्।





