कञ्चनपुरको पुनर्वास र बेलौरीमा वर्डफ्लु रोग नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।

भाद्र १२।कञ्चनपुरको पुनर्वासमा वर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा सो कार्यक्रम भएको हो ।

सचेतना कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले आयोजक प्रति कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले बर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्धका लागी पालिका बाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पुनर्वास खुल्ला सिमा क्षेत्र भएकाले पनी भारतीय बजार जाने नागरीकहरुलाई ड्यिुटी पोष्ट बाट नै जानकारी दिन सशस्त्र प्रहरीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्डफ्लु नियन्त्रणका लागि खुल्ला सिमानाकामा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिनु भएको छ । पशुपन्छिमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रन नदिन आफ्नो अध्यक्षतामा सोमबार नै बैठक बसेर अहिले पालीका स्तरमा सचेतना अभिबृद्धी र वर्डफ्लु बारे जानकार गराइरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्रदेब भट्टले समुदाय स्तरबाट पनी साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । आज बाट नै खुल्ला सिमा क्षेत्रबाट एक पिस कुखुरा भित्र्न नदीन आफु मातहतको युनिटलाई निर्देशन दिनुभयो । उहाँले जस्को क्षेत्रबाट कुखुरा र माशुजन्य पदार्थ नेपाल भित्रियो भन्ने गुनासो आउँछ सो क्षेत्रको बिओपी प्रमुखहरुले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खड्क बहादुर खत्रीले बर्डफ्लु रोगले जिल्ला नै जोखीममा पर्न सक्ने बताउदै सबैले सजग हुनुपर्ने बताउनुभयो । सिमा क्षेत्रमा सशसस्त्र प्रहरी, बिओपहिरुले काम गर्ने बताउदै सिमा क्षेत्र भन्दा माथीको अवस्थामा नेपाल प्रहरी, इप्रका, प्रहरी पोष्टहरुले निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

सचेतना कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय गड्डाचौकीका पशु स्वास्थ्य प्राबिधिक धनकृष्ण अधिकारीले पछिल्लो समय छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग फैलीएको बताउनुभयो । कैलाली कञ्चनपुर जिल्लाबाट नजिकको क्षेत्रमा समेत बर्डफ्लु रोग पुष्टि भैसकेको बताउदै सबैलाई समयमै सजकता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु बिकास निर्देशक श्याम सिंह खडकाले बर्डफ्लु रोगलाई सामान्य रोग नसोच्न आग्रह गर्नुभयो । खुल्ला सिमा क्षेत्र भएकाले भारतबाट जुनसुकै समयमा पनी रोग भित्रीन सक्ने बताउदै अहिले बाट नै पुर्ण रोकथाममा लाग्न आवश्यक रहेको बताउनुभयो ।

सिमावर्ती भारतको उत्तराखण्डमा वर्डफ्लुको संक्रमण देखा परेपछि कञ्चनपुरका सिमावर्ती स्थानमा कञ्चनपुर प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कार्यक्रममा सहभागहिरुले समेत कुखुरा नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनिहरुले पालिकाको अनुगमन समितीले बजार भित्रको माशु कटिङ हुने पसलहरुमा निगरानी र अनुगमन गर्न आवश्यक रहेको बताएका छन् ।

साथै सोही कार्यक्रम बेलौरी नगरपालिकाका सभाहलमा पनि आयोजना गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ